नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कुनै विलासी जीवन नबिताएको बताएका छन् । पत्रकार ऋषि धमलाले शुक्रबार अन्तरवार्ताको क्रममा ‘तपाईँले माओवादी आन्दोलनमा योगदान दिएकाहरुलाई हेर्नु भएन, विलासी जीवन बिताउनु भयो रे नि’ भनि सोधेको प्रश्नमा उनले उनले प्रचण्डले सुट लगाएको मात्रै देख्ने भन्दै आक्रोश पोखे ।
उनले आफूले यस्तो आरोप विल्कुल नस्वीकार्ने पनि बताए । ‘कतिसम्म भन्न सकेका मान्छेहरुले । म रातदिन खटेको, संविधान बनाउने बेलामा होस्, शान्ति सम्झौता गर्ने बेलामा होस्, सेना समायोजन र हतिय...