मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढायो । डेरी एसोसिएसन, किसानहरूकै संस्था केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ र उपभोक्ताकर्मीले मूल्यवृद्धिको विरोध गरे । चौतर्फी विरोधपछि राष्ट्रिय दुग्ध विकास बोर्डकै पहलमा उद्योगीहरूले मूल्य स्थगन गरे । त्यसपछि सरकारले किसानको लागत मूल्य, बजार मूल्य वृद्धि तथा उपभोक्ताको क्रयशक्तिका आधारमा वैज्ञानिक अध्ययन गर्ने दाबी गरे ।