लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य …