कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा :: Pahilopost.com

सुर्खेत : सुर्खेत लगायत कर्णालीका चार जिल्लामा विद्युत अनियमितताले सास्ती दिएको छ। दैनिक पटकपटक विद्युत अवरुद्ध हुँदा सर्वसाधारणदेखि उद्योगी, व्यवसायीसमेत सास्ती खेप्न बाध्य छन्। सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा विद्युत आउने र जानेको कुनै ठेगान छैन। यत्तिमात्रै होइन, कम भोल्टेजका कारण कतिपय विद्युतीय उपकरण चल्दैनन्। कतिपय उपकरण जल्दा सर्वसाधारण

सम्बन्धित सामग्री

आँप उत्पादन घट्यो, मूल्य बढ्दा उपभोक्ता मारमा

चन्द्रौटा : गत वर्षभन्दा यो वर्ष कपिलवस्तुमा आँपको उत्पादन घटेको छ। जिल्लामा गत वर्षभन्दा १० प्रतिशत कम उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।आँपको मञ्जरी विगतका वर्षभन्दा बढी फुले पनि मधुवा कीराका कारण फल लाग्न नसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताए। जिल्लामा विगतमा भन्दा धेरै क्षेत्रफलमा आँप खेती गरे पनि उत्पादन भने कमी भएको छ।यो वर्ष कपिलवस्तुमा १ हजार ४५० हेक्टर क्षेत्रफलमा १२ हजार टन आँप उत्पादन भएको कृषि ज्ञानकेन्द्र कपिलवस्तुले जनाएको छ।गत वर्ष

पाल्पा ढाकाको राजधानीको रुपमा घोषित

चैत १३, पाल्पा । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।  तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे । सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ । सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनु पर्नेमा जोड दिए । तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।  संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए । ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भने । गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जानकारी दिइएको छ ।  बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।  तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए । पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो । भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका संका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्राण्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरीदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ । ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । स्व गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छन् ।  पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरीद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करीब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।  बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करीब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । रासस

कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

कैलाली जिल्लामा सरोकारवालाहरूले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।बजारमा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकाले आम उपभोक्ताहरू मारमा परेका हुन् । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भए पनि अनुगमन नभएको […]

पसलअनुसार ग्याँसको फरक मूल्य

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ । यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उहाँको आरोप छ । जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताउनुभयो ।

निषेधाज्ञाको मौका छोपेर कालोबजारी, उपभोक्ता मारमा

भजनी / कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका

कैलालीका जंगलमै कुहिन थाले काठ, उपभोक्ता मारमा

कैलाली :  जंगलमा काठहरू कुहिन थालेको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कटान गरिएको काठ जंगलमै कुहिन थालेको हो। कैलाली जिल्लामा वैज्ञानिक वन लागु भएका ९२ सामुदायिक वनमा तीन लाख भन्दा बढी क्युफिट सालको काठ सरकारी प्रतिबन्धका कारण कुहिन थालेको वन डिभिजन कार्यालयले जनाएको छ। सरकारले वैज्ञानिक वनका नाममा अनियमितता र फँडानी बढेको भन्दै गएको जेठ १५ देखि प्रतिबन्ध लगाएको थियो। जसकारण कैलालीमा ठूलो परिमाणमा काठ कटान गरी वनमै अलपत्र अवस्थामै छोडिएको छ। जंगलमा अलपत्र अबस्थामा रहेको काठ उपभोक्ता ...

ग्यासको फरक फरक मूल्यले उपभोक्ता ठगिँदै

डडेल्धुरा जिल्लामा पसल अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सव–डिलरमा अर्को मूल्य लिइ ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । पसलैपिच्छे ग्यासको फरक मूल्य लिन थालेपछि उपभोक्ता मारमा परेका छन् ।जिल्लाको बागबजार, तुफानडाडा, कृतिपुर, बिद्युतरोड र पोखरा बजारमा खाना […]