कैलाली : जंगलमा काठहरू कुहिन थालेको छ। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत कटान गरिएको काठ जंगलमै कुहिन थालेको हो।
कैलाली जिल्लामा वैज्ञानिक वन लागु भएका ९२ सामुदायिक वनमा तीन लाख भन्दा बढी क्युफिट सालको काठ सरकारी प्रतिबन्धका कारण कुहिन थालेको वन डिभिजन कार्यालयले जनाएको छ।
सरकारले वैज्ञानिक वनका नाममा अनियमितता र फँडानी बढेको भन्दै गएको जेठ १५ देखि प्रतिबन्ध लगाएको थियो। जसकारण कैलालीमा ठूलो परिमाणमा काठ कटान गरी वनमै अलपत्र अवस्थामै छोडिएको छ।
जंगलमा अलपत्र अबस्थामा रहेको काठ उपभोक्ता ...