ग्यासको फरक फरक मूल्यले उपभोक्ता ठगिँदै

डडेल्धुरा जिल्लामा पसल अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सव–डिलरमा अर्को मूल्य लिइ ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । पसलैपिच्छे ग्यासको फरक मूल्य लिन थालेपछि उपभोक्ता मारमा परेका छन् ।जिल्लाको बागबजार, तुफानडाडा, कृतिपुर, बिद्युतरोड र पोखरा बजारमा खाना […]

सम्बन्धित सामग्री

पसलअनुसार ग्याँसको फरक मूल्य

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ । यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उहाँको आरोप छ । जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताउनुभयो ।

अन्डामा ठगिँदै उपभोक्ता

अन्डाको माग बढेसँगै बजारमा मूल्यमा एकरूपता हुन छाडेको छ । पसलैपिच्छे अन्डाको मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् । “अहिले बजारमा एउटा अन्डा २० रुपियाँसम्ममा कारोबार भएको छ,” भरतपुरकी एक गृहिणीले भन्नुभयो, “त्यही अन्डा कतै १५/१६ रुपियाँमा पनि खरिद गर्न पाइन्छ । ” नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य निर्धारण गर्छ । चितवनको बजारमा सङ्घले अहिले ठूलो अन्डा क्रेटको ३९० रूपियाँ र मध्यम अन्डाको मूल्य क्रेटको ३६० रुपियाँ कायम गरेको छ ।

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा लेख्ने र लिने भाडादरमा दोब्बरले फरक

काठमाडौं : दशैँ मनाउन काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा पर्ने गरेका छन्। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका हुन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ। काठमाडौंबाट हेटौँडा जान लागेका एक यात्रुले

अनुगमन समितिको मौसमी अनुगमन : उपभोक्ता बाह्रै महिना ठगिँदै

सुरूमा अचारमा राखिएको तिल, मसलाको कारण च्यापच्याप लागेको होला भन्ठानेकी सीताले अचार खाँदा अमिलोको स्वाद नै फरक पाइन्। पछि थाहा भयो हाटबजारबाट किनेर ल्याएको चुकमा अखाद्य वस्तु मिसाइएको रहेछ।