गुल्मी– गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् । यहाँका कृषकको रोजाइ यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न […]