माओवादीको राष्ट्रिय सम्मेलन : नेतृत्व भन्दा नीतिमा केन्द्रित

नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको थियो ।

सम्बन्धित सामग्री

अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु (तस्बिरसहित)

काठमाडौँ-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आइतबार सुरु भएको छ। काठमाडौँस्थित बाल्मिकी क्याम्पसमा सम्मेलनको विप्लवलगायतका नेताहरुको सहभागितामा सम्मेलन सुरु भएको हो। सम्मेलनको उद्घाटन गर्नुअघि त्रिपुरेश्वरबाट वाल्मीकी क्याम्पससम्म र्‍याली निकालिएको थियो। सम्मेलनले उक्त विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन गर्नेछ। आईतबार सुरु भएको सम्मेलन […]

प्रलेसको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२ औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले  सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ ।सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ  । राष्ट्रिय सम्मेल

नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गरिने भएको छ। ऋषिराम कट्टेल नेतृत्वको नेकपाले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पुस १७ देखि १९ गतेसम्म राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने जानकारी दिए। नेकपाका संयोजक कट्टेलले बहुपदीय प्रणालीअनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमा […]

ऋषि कट्टेल नेतृत्वको नेकपाले जनकपुरमा राष्ट्रिय सम्मेलन गर्ने

जनकपुर । नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्नका लागि यही पुस १७ देखि १९ सम्म राष्ट्रिय सम्मेलन गर्न लागेको सो पार्टीका संयोजक ऋषिराम कट्टेलले बताए । सम्मेलनको उद्घाटन भने नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमै भर्चुअल माध्यमबाट भइसकेको उनले जानकारी दिए ।गत

यी तीन विषयमा केन्द्रित हुनेछ माओवादीको राष्ट्रिय सम्मेलन

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ। पर्सी आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको राजनीतिक […]

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : प्रतिवेदनमाथि छलफल गर्न ११ समूह

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । राजधानीमा जारी संगठनको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत बन्दसत्रमा तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको छ ।प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने राष्ट्रिय सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक सुरेन्द्र बस्नेत जानकारी दिएका छन् । शुक्रबारको बन्द सत्रमा नेकपा

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भदौ १६ गते सकिनेछ । अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चासिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।अखिलका अनुसार सम्मेलनका

हाइटेक राष्ट्रिय सम्मेलन गरेको वाईसीएल नेतृत्व चयन गर्न असफल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयनमा असफल भएको छ । शनिबारदेखि  हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन बिनै सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटीमात्रै घोषणा गर्ने तयारी गरेको छ।  वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने

वाईसीएलको राष्ट्रिय सम्मेलन जारी, नेतृत्व चयन गरिँदै

नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन जारी छ ।  अहिले नेतृत्व चयन प्रक्रिया चलिरहेको छ ।  राष्ट्रिय भेलाको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । *यसअघिको समाचारमा केन्द्रीय अध्यक्षमा सुबोध सेर्पाली चयन भएको भन्ने  कुरा पर्न गएकोमा भूलसुधार गरिएको छ ।