माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । राजधानीमा जारी संगठनको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत बन्दसत्रमा तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको छ ।प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्ने राष्ट्रिय सम्मेलन प्रचार प्रसार उपसमितिका संयोजक सुरेन्द्र बस्नेत जानकारी दिएका छन् । शुक्रबारको बन्द सत्रमा नेकपा