डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ।गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलाले वर्षेनि कटान गर्न थालेपछि डाइनीका स्थानीयका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेको डाइनीका स्थानीय चक्रबहादुर धामीले बताए। वर्षायाम सुरु हुनै लाग्दा यहाँका स्थानीयलाई बाढीपहिरोले उठिबास नै लगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। यस वर्ष यहाँ राम्रोसँग तटबन्ध नभए बस्ती नै सखाप