शपथ लगत्तै पशुपति पुगे राप्रपाका मन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलिए राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका छन्। उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।

सम्बन्धित सामग्री

वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । वन मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमीला कुमारीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए […] The post वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री साउदले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, […]

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई

मन्त्री शाहीद्वारा शपथ

काठमाडौँ,२९ साउन । कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराए । शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद छन् । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेको थियो । यसअघि […]

नवनियुक्त कानुन मन्त्री बन्दीले लिए शपथ

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । आज अपराह्न ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको शपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमाबार साँझ उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासङ मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको छ । यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले

गण्डकीमा मन्त्री विश्वकर्माले लिए पद तथा गोपनीयताको शपथ

पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे […]

परराष्ट्र मन्त्री खड्काद्वारा शपथ ग्रहण

काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ । नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।  कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।&...

सात मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाण्डाै – मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि ...

गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

काठमाण्डाै – नेकपा एमालेका नेता रामबहादुर थापाले गृह मन्त्री पदको शपथ लिनुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापाले शपथ ग्रहण गराउनुभएकाे हो । एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो । पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ । आजको शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी&n...