अछाम १ को प्रदेशसभा क मा कुँवर र २ को क मा रावल विजयी :: Pahilopost.com

काठमाडौं :  अछामको क्षेत्र नम्बर एकको प्रदेशसभा क बाट नेकपा एमालेका हर्कबहादुर कुँवर विजयी भएका छन्। नेपाली कांग्रेसका मेघराज खड्कालाई १ हजार ४१२ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन्।कुँवरले १० हजार ७१० मत प्राप्त गरे भने खड्काले ९ हजार २९८ मत ल्याएका थिए।  त्यस्तै अछामको क्षेत्र नम्बर २ को

सम्बन्धित सामग्री

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी

अछाम १ बाट श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।  नेकपा (एकिकृत...

अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि

काठमाडौं– अछाम- १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए । क्षेत्र नम्बर -२ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन […]

अछाम–१ का उम्मेदवार कुँवरलाई भीम रावलमाथि आश

अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् । रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका

भीम रावलले टिकट पाएनन्, ओलीले अछाम-१ मा बोहोरालाइ अघि सारे

काठमाडौं, २१ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले टिकट नपाउने भएका छन् । यसअघि उनको नाम अछाम १ बाट एकल रुपमा सिफारिश भएको थियो । तर , एमालेमा रावललाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका छैनन् । उनको नाम उम्मेदवारको रुपमा एकल सिफारिश भएकोमा ओली असन्तुष्ट थिए । अहिले पार्टीले अछाम–१ मा […]

भीम रावलको टिकट खोसियो, माओवादीबाट आएका बोहोराले पाए अछाम–१ मा टिकट

काठमाडौँ – एमाले नेता भीम रावलले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावमा टिकट नपाउने भएका छन्। अछाम १ बाट अघिल्लोपटक चुनाव जितेका रावललाई यसपटक एमालेले कुनै पनि क्षेत्रबाट टिकट नदिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले सुरदुरपश्चिम प्रदेशको संघ र प्रदेशतर्फको टिकट फाइन गरे पनि रावलको नाम कुनै पनि क्षेत्रका नतोकिएको एमाले स्रोतले […]

अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार

एमालेका सल्लाहाकार भीम रावल अछाम–१ बाट सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। एमाले निर्वाचन क्षेत्र–१ कमिटिले रावलको नाम सर्वसहमत एकल सिफारिस गरेको हो। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अछाम १ बाट शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ।

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।