अछाम-१ मा भीम रावलकाे ठाउँमा झपटबहादुरलाई टिकट

नेकपा एमालेले अछाम-१ मा प्रतिनिधि सभा निर्वाचनका लागि भीम रावलकाे ठाउँमा झपटबहादुर बोहरालाई टिकट दिने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले रावलको स्थानमा बोहरालाई उम्मेदवार बनाउने निर्णय गरिएको रातोपाटीलाई बताए ।२०७४ को निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भीम रावल विजयी भएका थिए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । रावल एमाले अध्यक्ष केपी ओलीको कटु आलोचकका रुपमा चिनिन्छन् । गत महाधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार

सम्बन्धित सामग्री

अछाम–१ का उम्मेदवार कुँवरलाई भीम रावलमाथि आश

अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् । रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका

भीम रावल : एमालेमै बस्ने, मन परेकालाई मात्रै भोट माग्ने

२७ असोज, काठमाडौं । नेकपा एमालेमा तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । अछाम–१ बाट टिकट नदिएपछि ‘अध्ययन गर्दैछु’ भन्दै आएका नेता रावलले बिहीबार काठमाडौंको बरमहलस्थित एक व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेमै बस्ने निर्णय सुनाएका हुन् । अर्का नेता घनश्याम […]

ओलीप्रति आक्रामक रावल

काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् । रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा […]

टिकट नदिएकबारे भोलि बोल्दै भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा पेश गर्ने बताएका छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएका थिए। रावलले आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए। उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको…

गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु : भीम रावल

२२ असोज, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए । तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र […]

भीम रावल र घनश्याम भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव

एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट  निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् । रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाए

भारी भए भीम रावल

रावल, अछाम–१ बाट सर्वसहमत प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । ओली भने गएको वर्ष मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमै प्रतिश्पर्धा गरेका रावललाई कुनै हालतमा टिकट दिने पक्षमा छैनन् ।

एमालेका सल्लाहाकार भीम रावल अछाम–१ बाट सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। एमाले निर्वाचन क्षेत्र–१ कमिटिले रावलको नाम सर्वसहमत एकल सिफारिस गरेको हो। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अछाम १ बाट शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ।

मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित :: Pahilopost.com

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रावलले नेपाली कांग्रेसका जिल्ला सभापित भरतकुमार स्वाँरलाई पराजित गरेका हुन्।रावलले २४ हजार ८९३ मत पाए भने स्वाँरले १७ हजार ६८९ मत पाएका छन्। गृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका रावल २०६४ र २०७० मा संविधानसभामा मनोनित

अछाम १ बाट भीम रावल विजयी #NepalVotes #NepalElection2017

अछाम १ बाट प्रतिनिधि सभाका लागि एमालेका भीम रावल विजयी भएक छन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार रावलले २४८८३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याए।