जापानमा सत्तारुढ गठबन्धनले पायो स्पष्ट बहुमत

कात्तिक १५, टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।  जापानमा आइतवार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमवार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।             सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ ओटा स्थान रहेका छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडीपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।      सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।            एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ओटा सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए । रासस/  सिन्ह्वा  

सम्बन्धित सामग्री

महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

काठमाडौं : निर्वाचनपछि नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। तालमेल गरि चुनावमा गएको पाँच दलीय सत्ता गठबन्धनलाई बहुमत नजिकको सिट पनि पायो। त्यसपछि कांग्रेसले पुन: नेतृत्वको तयारी थाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर, अन्तिम समयमा गठबन्धन टुट्यो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल…

सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०७९ पछि सबैभन्दा ठूलो दल बन्ने चरणमा छ नेपाली कांग्रेस। २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएर दोस्रोमा खुम्चे पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार २ पटक प्रतिनिधि सभाको विघटनपछि संकटमा पर्दा। अहिले स्वाभाविकै छ पहिलो दल…

केपी ओलीको दाबी- जनार्दन प्रकरणमा छानबिन भएकै छैन

‘भ्रष्टाचारको केस लागेको छ । छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभीको रेकर्ड मेटाइएको छ,’ ओलीले भने, ‘अनि सफाइ पायो कि सफाइ पायो, कहाँबाट सफाइ पायो ?’

अढाई वर्षपछि संसदले पायो उपसभामुख, संवैधानिक परिषदमा गठबन्धनको बहुमत (भिडिओ)

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।

चार वर्षपछि प्रदेश–२ ले पायो नाम र राजधानी

प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नम्बर २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेका छन् ।सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा […]

ओलीको अयोग्यता र अहंकारले देशले दु:ख पायो : महामन्त्री थापा

१९ पुस, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा […]

सरप्राइज प्याकेज !

सिंहदरबारछेउकै एउटा चिया पसलमा रमेश र गणेश चिया पिउँदै थिए । उनीहरूसँगै स्कुल पढेका साथी हुन् । चियाको चुस्की लिँदै रमेश बोल्यो, “अब चुनाव पनि घोषणा भइसक्यो । अझ खुसीको कुरा त पार्टीले तिमीलाई टिकट दिएको छ । तिम्रो पार्टीले बहुमत ल्याएर सरकार गठन गर्ने अवसर पायो भने तिमी मन्त्री बन्ने...

यादव समूहले पायो जसपाको आधिकारिता

सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । अध्यक्ष यादवको पक्षमा कार्यकारिणी समितिको बहुमत सदस्य भएकाले पार्टीको आधिकारिता यादव पक्षमा रहेको आयोगले फैसला सुनाएको हो । प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराको इजलास सो फैसला गरेको […]

यी हुन् हजार भन्दा कम मतले हार्ने 'अभागी' नेता :: Pahilopost.com

पासाङ ठकुल्ला - काठमाडौं : एकातिर कम्युनिस्ट गठबन्धन। अर्कातिर लोकतान्त्रिक गठबन्धन। प्रतिस्पर्धा कडा हुने नै भयो। वाम गठबन्धन सहित चुनावमा जाँदा एमाले-माओवादी जित्नेमा ढुक्कजस्तै देखिएका थिए भने कांग्रेस उनीहरुको जित रोक्न सक्रिय। परिणाम आउनेक्रम अन्तिमतिर पुग्दैगर्दा वाम गठबन्धनले पायो बहुमत। वाम लहरलाई चुनावी परिणाममा रोक्न सफल भएन कांग्रेस।  अपेक्षित