काठमाडौं । नेपाली काँग्रेसको उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा एक ठाउँमा उभिने संकेत देखाएका छन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलपछि सभापतिका दाबेदार नेतात्रयबीच आफू एक ठाउँमा उभिने प्रयत्न गरिरहेको बताए ।गत सोमबार निधि निवास बानेश्वरमा छलफल गरेका नेतात्रयबीच शुक्रबार दोस्रो चरणको छलफलपछि सार्वजनिक रुपमा एक ठाउँमा उभिने सम्भावना बढेको बताएका हुन् । उनीहरुबीच शक्ति सन्तुलन भने कसरी हुन्छ प्रष्ट