सरकारी सूचना र तथ्यांकको भण्डार राष्ट्रिय सूचना प्रविधि केन्द्रले बलियो व्यवस्थापकीय तथा साइबर सुरक्षात्मक प्रबन्धहरु नगर्दा सरकारको मुख्य डाटा सेन्टरका तथ्यांकको पाइरेसी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयर जस्ता 'साइबर थ्रेट' बढेका छन् । सरकारी सर्भर डाउन र स्लो हुने समस्या निम्तिंदा सेवाग्राही पनि मारमा छन् ।