असुरक्षित सरकारी सर्भर : एनओसी पाउने वेला ५ दिनपछि पुन: फाराम भर्नुपर्ने !

काठमाडौँ : अमित पाण्डे वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी)का लागि गत बिहीबार बिहानै सानोठिमीस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा गए। उनले सोचेका थिए, सबै कागजपत्र मिलिसकेकाले सहजै एनओसी पाइन्छ।उनको सोचाइ गलत ठहरियो। उनी एनओसी पाउन बिहीबार अर्थात् पाँच दिनदेखि कार्यालय धाइरहेका छन् तर अझै पाउन सकेका छैनन्। आज (मंगलबार) पनि उनी कार्यालयमा लाइन बसिरहेका भेटिए। उनका अनुसार बिहीबारदेखि नै कार्यालय धाइरहेका छन्।‘बिहीबार काम मिलेन, फेरि&nb