सरकारी सर्भर डाउन भएकोमा चासो राख्दै नीतिगत सुधार गर्न प्रधानमन्त्री दाहालको निर्देशन
सरकारी निकायका सर्भर डाउन भएर सेवा नै ठप्प हुने अवस्था आएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो राख्दै यस सम्बन्धी नीतिगत सुधार गर्न निर्देशन दिएका छन् । गत शनिबार सरकारी सेवाका सर्भर डाउन हुँदा अध्यागमन लगायत सार्वजनिक सेवा ठप्प भएको थियो ।