काठमाण्डाै – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ ।
शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार रुपैयाँ बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा बोल्...