काठमाण्डौ – वैदेशिक रोजगारीको लागि माल्टा पठाउने भन्दै १ सय २२ जनाबाट १ करोड ४६ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेकाे छ ।
आकर्षक तलब सुविधाको प्रलोभन देखाई इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिसले वैदेशिक रोजगार ऐन विपरीत वैदेशिक रोजगारीमा पठाउने भन्दै १ सय २२ जनाबाट रकम उठाएर ठगी गरेकाे भन्दै विभागले ८२ लाख ४ हजार हर्जनासहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित ८ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको ह...