काठमाण्डौ – गएको महिनामा धनुषाबाट सबैभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार माघमा धनुषाका ६ महिलासहित ११ सय ४७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।
यस्तै झापाबाट १६२ महिलासहित ८ सय ५० जना, महोत्तरीबाट ६ महिलासहित ८ सय ८ जना र मोरङबाट ९२ महिलासहित ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् ।
माघमा नेपालका ७४ जिल्लाबाट १७ हजार ८ सय ८७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्। यीमध्ये १४ सय ५१ जना महिला रहेको वैदेशिक रोजगार वि...