सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५