काठमाण्डौ – खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर–सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मङ्गलवार बेलुकी सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्म ९० प्रतिशत नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरी तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । ‘खानेपानीमा सङ्घ, प्रदेश र स्...