काठमाडौँ- विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा बुधबार प्रदर्शन गर्दै उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले नेताहरु न्यायलयमा हस्तक्षप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधिष राजीनामा देउ लगायतका प्लेकार्ड बोकेका थिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: