चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो ।
साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ ।
पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकाल...