मुख्यमन्त्री राउतको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको

सम्बन्धित सामग्री

बारामा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको हो ।अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजिएकोमा उनले आपत्ति जनाए । ्प्रदर्शनको क्रममा, इमरान खान मुर्दावाद, म