दाङमा बढ्दै लागुऔषध दुर्व्यसनीका घटना

दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ । दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ । गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् । जसमा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १०

सम्बन्धित सामग्री

कञ्चनपुरको बेलौरीमा लागुऔषधविरूद्व महाअभियान

२७ असोज, धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ । नगर क्षेत्रमा लागुऔषध दुर्व्यशनी बढ्दै जान थालेपछि बेलौरी नगरपालिकाले न्यूनीकरण र नियन्त्रणका लागि त्यसविरुद्धको महाअभियान सुरु गरिएको जनाएको छ । भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्ष लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएकाले तिनलाई नियन्त्रण गर्न महाअभियान सञ्चालन गरिएको नगर […]

धनुषामा चोरीका घटना बढे : यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

काठमाडौं । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ । पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी […]

ऐन जारी भएको ४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

पुस २९, काठमाडौं । लागूऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ ।  यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल्यांमन महाशाखाका प्रमुखलाई तोकिएको थियो । ऐनमा आवश्यकतानुसार एउटा वा बढी औषध नियन्त्रण अधिकारी, नायव औषध नियन्त्रण अधिकारी तथा अन्य अधिकारी तोक्न सक्ने व्यवस्था छ । मुलुकमा लागुऔषध प्रयोग, ओसारपसार, विक्री वितरणका घटना तथा समस्या बढ्दै गएसँगै सर्वसाधारणको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उक्त व्यवस्था गरिएको उपाध्यायले बताए ।  यसअघि मन्त्रालयमा रहेको लागूऔषध नियन्त्रण शाखा र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट भइरहेका प्रयास र क्रियाकलाप अपर्याप्त देखिएकाले मन्त्रालयअन्तर्गतका ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई थप सक्रिय बनाउँदै लागुऔषधको कारोबार र प्रयोग नियन्त्रण गर्न ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको मन्त्रालयले जानकारी दिएको छ । ‘औषध नियन्त्रण अधिकारी’लाई लागूऔषधको नियन्त्रण र रोकथामका लागि सचेतना फैलाउने, लागूऔषध भित्रिने नाकामा अनुगमन गर्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, सो सम्बन्धी गतिविधिको मन्त्रालयमा रिर्पोटिङ गर्ने लगायत जिम्मेवारी तोकिएको छ । रासस

देशभर लागुऔषध तस्करीका घटना बढ्दै

प्रहरी प्रधान कार्यालयको तथ्यांकले देशभर लागुऔषधको कारोबार तथा तस्करीको घटना बढेको देखाएको हो

बाँकेमा बढ्दै आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके : बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बाँकेमा लागुऔषध, हतियारसहितको संगठित अपराध...

उदयपुर बढ्यो लागुऔषध प्रयोग र बलात्कारका घटना

उदयपुर : उदयपुरमा लागुऔषधसम्बन्धी र बलात्कारको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी  ८८ र बलात्कारका ४० वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष ०७४/०७५ मा लागुऔषध र बलात्कारसम्बन्धी प्रहरीले जिल्ला अदालतमा दर्ता गरेका मुद्दा विगतका तीन वर्षभन्दा उच्च छ। आर्थिक वर्ष ०...