बाँकेमा बढ्दै आपराधिक घटना, चालू आवमा ५६४ मुद्दा दर्ता

बाँके : बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बाँकेमा लागुऔषध, हतियारसहितको संगठित अपराध...

सम्बन्धित सामग्री

बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान गर्न चुनौतीपूर्ण : सीआईबी

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बढ्दो प्रविधिको प्रयोगले अपराध अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गइरहेको बताएको छ।आज (बिहीबार) वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा गर्दै सीआईबीले आपराधिक घटना र तथ्यांकको ग्राफ उकालो लागेसँगै अुनसन्धान प्राविधिक रुपमा अझै जटिल हुँदै गइरहेको बताएको हो।ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा समेत अनुसन्धान जारी राखेको सीआईबीले चुनौतीका बाबजुद गत एक वर्षमा विभिन्न शीर्षकका ४३ मुद्दा दर्ता गर्न सफल भएको बताएको छ। ती मुद्दा

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।

साउनमा दैनिक १२६ आपराधिक घटना

चालू आवको साउनमा मलुकभर तीन हजार ९१६ अपराधका घटना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका ८९१, ज्यानसम्बन्धीका ७१८, आत्महत्याका ५०२, चोरीका २९६, सङ्गठित/आर्थिक अपराधका ५४४, महिला बालबालिका विरुद्ध ४६६, सवारीसम्बन्धी १३२ मुद्दा दर्ता भएको छ । एक महिनाको प्राप्त तथ्याङ्कअनुसार दैनिक १२६ आपराधिक घटना भएको छ ।

प्रदेश २ मा आपराधिक घटना बढे

१९ साउन, वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७/७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत […]