‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा अधिकांश वक्ताहरूले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् ।

सम्बन्धित सामग्री

पूर्वाधार निर्माण सुस्त

रूपान्तरणकारी आयोजना निर्माण गर्ने अभिभारा बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुँजीगततर्फ ६४.५८ प्रतिशत मात्रै खर्च गरेको छ।...

पूर्वाधार निर्माणमा प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिने भएको छ । बिहीबार कर्णाली प्रदेशसभा बैठकमा सरकारले पेस गरेको विनियोजन विधेयक–२०८० मा पूर्वाधार विकासलाई प्राथमिकता दिने उल्लेख गरिएको हो । ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार’ भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जुमा गरिने विनियोजन […]

चालु आर्थिक वर्षमा १०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना

बागलुङ, मंसिर २४ । बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ । शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका एक सय आठ […]

पूर्वाधार किन महत्वपूर्ण छ ?

तीव्र आर्थिक विकासका लागि हामीसँग पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भावना छ । सिएनआईले सन् २०१९ मा तयार पारेको एउटा प्रतिवेदनअनुसार नेपालले पूर्वाधार क्षेत्रमा रहेको ग्याप हटाउन र दिगो विकासको...

आर्थिक क्रान्तिका लागि पूर्वाधार विकास

आवधिक विकासको सुरुआतपश्चातका ६ दशकको समयमा नेपालको आर्थिक सूचकाङ्क अनि मानव विकास सूचकाङ्कले देखाएको अनुपात पूर्वाधार विकासको सूचकभन्दा माथि छन् । मानवीय सूचकाङ्क भौतिक पूर्वाधारको तहलाई जस्तैगरी (सांख्यिय रूपमा व्यक्त गर्न नसकिए पनि अब १५आंै योजनाको सुरुआतसम्म आइपुग्दा नेपालको पहिलो प्राथमिकता ठूला पूर्वाधार हुन् । अबको आर्थिक वृद्धिको प्रमुख अवश्यकता नै ठूला पूर्वाधार हुन् । […]

स्थानीय पूर्वाधार विभाग खारेज

सरकारले स्थानीय पूर्वाधार विभाग खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत स्थानीय पूर्वाधार विभाग खारेज गरिएको घोषणा गरेका हुन् ।मन्त्री शर्माका अनुसार खारेज गरिएको स्थानीय पूर्वाधार विभागका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने छन् ।बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पूर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था मिलाइएको उनले जनाए ।

स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड

काठमाडौ। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड विनियोजन गरेको छ। यसबाट जिल्ला र स्थानीय तहमा रहेका अस्पतालहरुको पूर्वाधार निर्माण गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या पर्ने बताएको छ। गतवर्षको निषेधाज्ञा र लकडाउनका कारण म्याद सकिएका आयोजना पुरा हुन सकेका छैनन्। यसपटकको निषेधाज्ञामा यस क्षेत्र बन्द भएमा थप आर्थिक समस्या पर्ने महासंघले बताएको छ। त्यसैले निषेधाज्ञाको समयमा पनि पूर्वाधार निर्माणका गतिविधिलाई निरन्तरता दिनुपर्ने बताइएको छ।

भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी बजेट

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा बढी बजेटको सिलिङ पाएको छ। योजना आयोगले पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको सिलिङ दिएको हो। यसले आगामी आर्थिक वर्षमा कोरोना महामारीकै समयमा पनि पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने सरकारको योजना रहेको बुझिन्छ।