काठमाडौं।जर्मनीले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरुप आज स्वास्थ्य सामागी हस्तान्तरण गरेको छ।नेपालस्थित जर्मन राजदूत रोल्याण्ड शेफरले ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन्।जर्मनीले ६२ थान भेन्टिलेटर, २७ हजार ५०० एफएफपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट्स,२०० बडी ब्याग, ५ थान आइसोलेसन सेन्टर टेन्ट लगायतका सामाग्री दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।