हुम्लामा चीनसँगको सीमा विवाद देखिएको भन्दै नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेपछि चीनले दुई देशबीचको सीमा विवाद सन् १९६० ताका नै समाधान भइसकेको जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले केही व्यक्तिहरूले यसअघि पनि चीन र नेपालबीच सीमा विवाद रहेको भन्दै उछाल्न खोजेको र यस विषयमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै स्पष्ट पारी सकेको पनि बताएको छ ।यस्तो छ दूतावासका प्रवक्ताको भनाइ :चीन र नेपालले १९६० ताका नै दुई देशबीचको सीमाको मुद्दालाई मित्रवत् छलफलबाट