काठमाडौं : पशुपति क्षेत्र विकास कोषले साउन १ गतेदेखि विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गर्यो। तर त्यसको वेवास्था गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ। पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपक्षीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरी उच्छृङ्खल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो। कोषले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त