काठमाडौं : सामान्यतया देशमा कुनै महत्त्वपूर्ण घटनाक्रमबारे निर्णय लिन पार्टीहरूले केन्द्रीय कमिटी बैठक बोलाएर निर्णय लिने गर्छन्। यो नियम शेरबहादुर देउवाले नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसभित्र लागू हुँदैन।लोकतन्त्रको हिमायती मान्ने पार्टीको नेतृत्वमा रहेका देउवा पार्टीभित्र नेताहरूको गुनासो र सुझाव सुन्न रुचाउँदैनन्। उनले केन्द्रीय कमिटी बैठक गत वर्ष भदौदेखि राख्न सकेका छैनन्। २०७९ भदौ ५ गते स्व. नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न बसेको थियो। त्यसअघि असार २७ देखि साउन २