प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको नेपालको राजनीति र विकाससँगै दुई पक्षीय सम्बन्धमा सम्भावित असरबारे आगामी दिनहरुमा चर्चा भई नै रहने छ। यो निर्वाचन वर्ष पनि भएकोले यसले थप चर्चा पाउने छ। स्थापित प्रजातन्त्र र त्यसका मूल्य तथा मान्यताबाट निर्देशित पद्धतिमा प्रधानमन्त्री या विदेशमन्त्रीसँगै उच्च तहबाट भएका भ्रमणहरुबारे त्यस लगत्तै संसद मार्फत जनतालाई जानकारी दिइन्छ । […]