विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लगाउन सकस भएको छ।गत मंसिर २५ गते मोरङको सुन्दर हरैँचामा सुरु भएको अधिवेशनले २ सय ५९ सदस्य निर्विरोध छानेको थियो। तर, सदस्यबाट पदाधिकारी छान्न भने अझै सकस भएको छ।हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बो प्रदेश अध्यक्षका आकांक्षी रहेका छन्।पदाधिकारी टुंगो लगाउन बैठकपदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्र प्रदेश १ को बैठक विराटनगरमा सुरू भएको छ। महेश टंक गिरीको अध्यक्षतामा र प्रमुख अतिथि राम