चीनमै रोकिए दसैँका सामान, सयौं कन्टेनर केरुङ र खासामा होल्ड

काठमाडौं, २२ भदौ । दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । […]

सम्बन्धित सामग्री

केरुङ प्रवेशको परिचयपत्र सहज पारिदिन आग्रह

रसुवा : नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्। एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको चर्को ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुन व्यवसायीले माग गरेका हुन्।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले तय गरेको चीन प्रवेश सम्बन्धी कार्यविधि २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारी तथा

रसुवागढी–केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौँ – रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ। नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको आज बसेको पहिलो बैठकमा सो सहमति भएको हो। सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी/केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली […]

मुख्य व्यापारिक केरुङ नाका बन्द

काठमाडौं, माघ ९ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको […]

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ।...

के चीनले अनुदानमा केरुङ-काठमाडौं रेलमार्ग बनाइदेला

काठमाडौं, २६ साउन । केरुङ-काठमाडौं रेलमार्ग फेरि चर्चामा पुगेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका बेला केरुङ काठमाडौं रेलमार्ग सम्भाव्य अध्ययनका लागि अनुदान सहयोगको प्रतिवद्धता आएको छ । विभिन्न शिर्षकमा अनुदानको प्रतिवद्धता भएकोमा १५ अर्ब रुपैयाँमध्ये अधिकांश रेलमार्ग अध्ययनका लागि छुट्याइने बुझिएको छ । नेपाल चीन सहमतिमा रेलमार्गबारे उल्लेख छ । रेलमार्गको अध्ययनका […]

सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैनः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् ।महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरे । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए ।महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो […]

सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सक्दैन : विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हन् । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उप

केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

काठमाडौं, पुस २८ । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमिर तामाङले उहाँले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग […]

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

काठमाण्डाै - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन ...

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले आफूले सीमानाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरूप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो दावी गरेको छ । ‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनेका छन् । केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटा मात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो । केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।