कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो ।
भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि परेको मुद्दा सर्वोच्चको पर्ण इजलासमा सुनुवाई हुने भएको छ । यसअघि उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो। सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको …
काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको हो । हिजो सोमबार सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो । उक्त आदेशसंगै मुद्दाको पेशी आजका लागि […]