काठमाडौं : गत एक दिनको अवधिमा प्राकृतिक विपदका कारण ५ जनाको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।चट्याङका कारण सुनसरी र खोटाङमा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । कैलाली लम्कीचुहा नगरपालिका ५ गोप्कास्थित भित्री सडकमा गुडिरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण रुख ढल्दा ८ जना घाइते भएका थिए।गएको एक दिनमा १८ वटा प्राकृतिक विपत्तिका घटनामा