चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अवधिमा २१ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार २१ खर्ब रुपैयाँभन्दा बढीको अन्तरबैंक कारोबार भएको हो ।यस अवधिमा वाणिज्य बैँकहरूबीच १८ खर्ब ९३ अर्ब २८ करोड रुपैयाँ र अन्य वित्तिय संस्थाबीच २ खर्ब ३६ अर्ब रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७/७८ को सात महिनामा बैँकहरूबीच ४ खर्ब ९२ अर्ब रुपैयाँ अन्तर