अहिले मौसम जति चिसिएको छ त्यति नै नेपालको राजनीतिक तातिएको छ । चिसो मौसममा राजनीति तातिनुको कारण हो– अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष सबै तानिएका छन् । कोही पनि यसबाट विकर्षित छैनन् ।मुख्य कुरा के हो भने अहिले प्रमुख प्रतिपक्षमा रहेका दलले नै अहिले सत्ता पक्षमा रहेका केही घटकसहित एउटै विशाल पार्टी हुँदा एमसीसी पास गर्न चाहन्थे । त्यतिबेलाका सभामुख यसका बाधकझैँ देखिएका थिए । उनले संसद्मा टेबुल गर्ने वातावरण बनाएनन् भनिन्थ्यो । तर सभामुख फेरिएको पनि तत्क