लुम्बिनी प्रदेशमा विश्व पर्यटन दिवसको भव्य तयारी

-भुवन कार्कीलुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।  प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो