ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । मेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो । प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनले आज दिउँसो स्थानीय र विभिन्न स