स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बलात्कारको आरोपमा ठूलो राहत पाएका छन् । अमेरिकी अदालतले उनको मुद्दालाई प्रक्रिया नमिलेको भनेर खारेज गरिदिएको छ । सन् २००९ मा मोडल क्याथरिन मायोर्गाले उनीमाथि लस भेगसको एक होटलमा हातपात गरी बलात्कार गरेको आरोप लगाएकी थिइन् । तथापि घटना मिलाउनका लागि मोडलले सन् २०१० मा ३ लाख ७५ हजार डलर मिलापत्र गरेको तर पछि थप लाखौं डलर माग गरेको समाचार आएको थियो । मायोर्गाले दबाबका कारण घटनालगतै पछि आफू मिलापत्रको लागि तयार भएको बताएकी छन् ।‘