काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालत पाटनले बिहीबार आदेश दिएसँगै आज धरौटी रकम बुझाउने र अदालतको कानुनी प्रक्रिया मिलाई थुनामुक्त हुँदै छन्।शुक्रबार अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढाउनुका साथै जिल्ला अदालत काठमाडौंमा अदालती प्रशाशनिक प्रक्रिया र तारेख बुझ्ने काम सकिएसँगै उनी आजै छुट्ने छन्।यो सबै प्रक्रिया पूरा गरिसक्न आज करिब २ या साढे दुई बजेसम्म लाग्ने कानुन व्यवसायी सरोजकृष्ण घिमि