लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव आएको छ ।
कांग्रेस, माओवादी, जसपा र राजमोका गरी ४१ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
अविश्वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।
यसअघि दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकारको मुख्यमन्त्रीका रूपमा पुन: शपथ लिएका थिए ।
मुख्यमन्त्री पोखरेलले शपथ लिनुअगावै एक सांसद माओवादी केन्द्रमा प्...