काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन अनुमति दिएको छ । उनी सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)की सचिव हुन् ।
झाँक्रीले केन्द्रीय कमिटीको सचिवको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागेकामा आयोगले अनुमति दिएको हो । उनलाई मन्त्रीको हैसियतमा प्राप्त कुनै पनि...