मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

वाग्मती । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ। प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार […]

सम्बन्धित सामग्री

९५३ विदेशीले लिए आरोहण अनुमति : २५ हिमाल/पिक परमिटबाट रू. ४७ करोड राजस्व

काठमाडौं । कोभिड–१९ महामारीले २ वर्ष सुस्ताएको पर्वतीय पर्यटन यो वर्ष भने लयमा देखिएको छ । पर्वतारोहणका लागि उपयुक्त मानिने स्प्रिङ सिजन (वसन्त ऋतु) शुरू भएयता सगरमाथासहित २५ ओटा हिमाल तथा चुचुरा (पिक) आरोहण गर्न हालसम्म ९५३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार गत आइतवारसम्म विभिन्न देशका ९५३ पर्वतारोहीलाई हिमाल तथा पिक आरोहण अनुमति दिँदा रू. ४७ करोड ४६ लाख राजस्व संकलन भएको छ । अन्यभन्दा वसन्त सिजनमा हिमाल तथा पिक आरोहणका लागि सरकारले बढी शुल्क तोक्छ । विभागका अनुसार स्प्रिङ सिजनमा सगरमाथा आरोहण गर्दा प्रतिआरोही ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । सोही हिमाल विन्टरमा आरोहण गर्दा २ हजार ७५० डलर तिरे पुग्छ । सन् २०२२ को हालसम्मको अवधिमा सगरमाथा आरोहणका लागि परमिट जारी गर्दा विभागले रू. ३९ करोड ६८ लाख राजस्व संकलन गरेको छ । कुल राजस्व संकलनमा सगरमाथाको अंश बढी हुन्छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेका बेला यो वर्षको शुरूदेखि नै पर्यटक आगमनमा सुधार हुँदा सकरात्मक योगदान भएको छ । यो वर्षको वसन्त सिजनका लागि सगरमाथा, अमादब्लम, अन्नपूर्णसहित विभिन्न २५ ओटा हिमाल तथा पिक आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । नेपालमा ४१४ हिमाल तथा पिक आरोहणका लागि खुला छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै ७३ दलबाट ३१७ जनाले अनुमति लिएका छन् । यो वर्षको यस सिजनमा सगरमाथा आरोहण गर्न भारत, चीन, बेलायत, अमेरिका, रसिया, क्यानडालगायत ५५ देशका पर्यटकले अनुमति लिएका हुन् । अनुमति लिनेमा महिलाको संख्या ७३ छ । यो वर्ष सगरमाथा आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिका र बेलायतका नागरिक छन् । एक्सपिडिसन अपरेटर एशोसिएशन नेपालका अध्यक्ष डम्बर पराजुलीले सन् २०२० र २०२१ को तुलनामा यो वर्ष उत्साहजनक रूपमा पर्वतारोही आएको बताए । ‘कोभिडपछिको अवस्थालाई हेर्दा यो वर्ष पर्यटक आगमनमा उल्लेख्य सुधार देखिएको छ,’ उनले भने, ‘यही हिसाबले पर्यटक संख्या बढे पर्यटनमा बाउन्स ब्याक छिट्टै हुनेछ ।’ अहिले चीन, कोरियाजस्ता केही देशमा कोरोना संक्रमण देखिए पनि अमेरिका, बेलायत जस्ता देशमा नदेखिएको हुँदा पर्यटक आगमन थप बढ्ने उनले बताए । कोभिडका कारण २ वर्षजति थुनिएर बसे जस्तै भएकाहरू अहिले घुमफिरमा निस्केका छन् । कोभिड सामान्य बन्दा पर्यटक संख्या उत्साहजनक देखिएकाले उनीहरूको सुविधाका लागि नेपाली व्यवसायी तयारी अवस्थामै रहेको उनको भनाइ छ । कोरोना भाइरस संक्रमणमा कमी आएसँगै यो वर्ष हिमाल आरोहणका साथै अन्य विधामा आउने पर्यटक संख्या बढेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले शैक्षिक कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार शैक्षिक कार्यक्रमको सुरुवात भएको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएसँगै पढाइ सुरु गरिएको हो । प्रतिष्ठानले केही समयअघि मात्रै ब्याचलर अफ पब्लिक हेल्थ, […]

कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई विशेषज्ञ डाक्टर पढाइको अनुमति

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्य शिक्षा क्षेत्रको स्नातकोत्तर कक्षा संचालनको अनुमति पाएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपी जनरल प्राटिक्स, एमडि एनेष्थेसिया, एम डि पेड्रियाटिक्स विधामा पठन पाठन गर्नको लागि स्वीकृती दिएको हो । गत साउन ३० …