बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय(इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अ