हिमेश पन्तको रोमानिया अनुभव : ९० प्रतिशत युवती राम्रा, पोर्क र चिकेन खाँदाखाँदा हैरान !

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले आफ्नो डेब्यु फिल्म ‘वर एण्ड वधु’को विदेशतर्फको भागको छायांकन सकाएका छन् । युरोपेली मुलुक रोमानियामा झण्डै एक महिना रहेर उनले फिल्ममा अभिनय गरे । छायांकन सकिएपछि निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मासहित हिमेश काठमाडौं फर्किएका छन् । विदेशमा फिल्म छायांकन गर्दा र त्यहाँ रहँदा आफूलाई रोमाञ्चक महसुस भएको उनले […]

सम्बन्धित सामग्री

साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी सोमवार साना तथा मझौला उद्यमी (एसएमई) सम्मेलन गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।   सम्मेलनमा यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ । अर्थतन्त्रको महŒवपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौला उद्यमलाई मानिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ५ दशमलव ६ प्रतिशत छ, जसमा साना तथा मझौला उद्योगको अंश ९० प्रतिशत छ । यस क्षेत्रबाट करीब १७ लाखले रोजगारी पाएका छन् । सम्मेलनको प्राविधिक पहिलो सत्र ठूला तथा साना उद्योगबीच व्यावसायिक सम्बन्ध, दोस्रो सत्र वित्तीय पहुँच, तेस्रो सत्र वस्तु बजारीकरण/निर्यात/अतिकम विकसित मुलुकबाट स्तरोन्नति/युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आ–आफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदानप्रदानको सत्रसमेत राखिएको छ । वित्तीय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयमा विज्ञले जानकारी दिनुका साथै विदेशी राष्ट्रमा एमएसएमई क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि भए/गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुने महासंघले जानकारी दिएको छ । साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदानप्रदान गर्ने अवसरसमेत पाउने छन् । सम्मेलनबाट एमएसएमई उद्योग प्रवर्द्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाबारे सहभागीले जानकारी प्राप्त गर्नेछन् । सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिको अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायतका सरोकारवाला निकायका करीब तीन सय प्रतिनिधिको सहभागिता रहने महासंघको भनाइ छ ।

शुन्य लागतमा नेपाल नर्स बेलायत लैजान सम्झौता, के के चाहिन्छ योग्यता ?

श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा आज नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन्। समझदारीबाट नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा संलग्न हुने अवसर मिलेको छ । यसबाट नेपालको स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ । बेलायतसँग श्रम समझदारी सम्पन्न भएसँगै रोजगार गन्तव्यको विविधीकरणमा नयाँ कोशेढुङ्गा थपिएको छ । नेपालको वैदेशिक रोजगारीका दायरा खाडी र मलेसियालगायत मुलुकमा सीमित थियो । वैदेशिक रोजगार विभागका अनुसार मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कुवेतले वैदेशिक रोजगारीको ९० प्रतिशत हिस्सा ओटगेका छन् । वैदेशिक रोजगार नीति, २०६८ ले रोजगार गन्तव्यको विविधीकरण गर्दै नेपालीलाई उच्च आय भएका मुलुकमा रोजगारी उपलब्ध गराउने विषयलाई जोड दिएको छ । पछिल्ला वर्ष सरकारले उच्च आय भएको मुलुकसँग समझदारी गरी नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सरकारले यसअघि खाडी र मलेसियाबाहेक उच्च आय भएका इजरायल, जापान, मरिससलगायत देशसँग श्रम समझदारी गरेको छ । दुई देशबीच भएको समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) अनुसार हुनेगरी द्विपक्षीय सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए  ।वैदेशिक रोजगार विभाग र बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागबीच आवश्यक समन्वयबाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । भर्ना प्रक्रियालाई निष्कर्षमा पु¥याउन दुवै देशका सरकारी निकायको सहभागितामा कार्यान्वयन प्रोटोकल तय गरिने समझदारी बनेको छ । “स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रियाबमोजिम हुनेछ”, समझदारीपश्चात् जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ । स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेभसाइटमा राखिनेछ । बेलायत रोजगारीका लागि आवश्यक योग्यता पुगेका व्यक्तिले अनलाइमार्फत वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन् । समझदारीले जनशक्तिको भर्नाका लागि तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको छ । स्वास्थ्य जनशक्तिको भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुने छैन । रोजगारीका लागि बेलायत जान चाहनेले सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन् । सबैका लागि समान अवसर प्रदान गरिएको छ । दुई देशबीच भएको समझदारीअनुसार भर्ना प्रक्रियालाई निष्कर्षमा पु¥याउन प्रोटोकल निर्माण गरिने जनाइएको छ । बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ । रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानीबाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्ष बीचको हुनुपर्नेछ । त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । स्टाफ नर्सका रुपमा काम गर्र्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ । नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अङ्ग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । अङ्ग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ । छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् । समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सहप्रवक्ता भुसालले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट दुई हजारमा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारी बनेको उनले बताए । नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकामा आगामी दिनमासमेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने संयुक्त वक्तव्यमा जनाइएको छ । नेपाली स्वास्थ्यकर्मीको नियुक्ति प्रक्रियाका लागि कुनै पनि शुल्क नलाग्ने एवं रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागत शोधभर्ना हुने उनले बताए । श्रमसचिव अर्यालले नेपालमा केही स्वास्थ्यकर्मी (नर्स) बेरोजगार रहेको र केही अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको अवस्थामा दुई देशबीच भएको ऐतिहासिक समझदारीले स्वास्थ्यकर्मी बेरोजगार बन्नुपर्ने अवस्थाको अन्त्य गरेको बताए । स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत निकायसँग छलफल गरेर मात्रै बेलायत रोजगारीमा पठाइने जनशक्तिको सङ्ख्या टुङ्गो लगाइने उनले बताए ।

झूट, सफेद झूट र तथ्यांकगर्दी

भारतमा उहिले एक नामुद तथ्यांकशास्त्री थिए रे । कसैले तथ्यांकको विश्लेषण गरी दिनुपर्‍यो भने सोध्ने गर्थे रे ‘कैसा एनालिसिस चाहिए, रुलिङ वाला कि आपोजिसन वाला’ भनेर । उनले तथ्यांकलाई नबिगारीकन निष्कर्ष भने पूरै उल्टासुल्टा बनाइदिने ३२ ओटा ट्रिक पत्ता लगाएका थिए रे । हाम्रा सरकारी तथ्यांक र विपक्षका तथ्यांक हेर्दा त हाम्रो देशमा ६४ ट्रिक जान्ने तथ्यांकशास्त्री पो छन् कि जस्तो लाग्न थाल्या छ । देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ? सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्‍यो र आर्थिक परिसूचकहरू सकारात्मक नै रहेको बतायो । तर जब जब मेरा नजर अखवारका पानाहरूमा पर्छन्, तब जताततै घाटैघाटाका समाचारहरू मात्र देख्छु । बजेट घाटा, शोधनान्तर घाटा, व्यापार घाटा आदि । अनि उद्योग कलकारखाना टाटा, विदेशी लगानी टाटा, युवा प्रतिभा टाटा । अनि हिसाब नजानेर म चाहिँ वाल्ल ! अनि यो सरकारले प्रस्तुत गर्ने हरेक तथ्यांकमा जीडीपी भनेको कुल गार्हस्थ्य उत्पादन नभई ‘जबरजस्र्ती डेटा पस्किएको’ भन्ने अर्थ निकाल्छु । किनकि यहाँ हरेक क्षेत्रमा देश घाटैघाटामा मात्र गएको देखिन्छ । यसले गर्दा सरकारले प्रस्तुत गर्ने तथ्यांक र प्राविधिक शब्दहरूको अर्थ नै उल्टोपाल्टो पो देख्छु म त ! डेटा उही, फेटा उही अनि व्याख्या चाहिँ ठ्याक्कै उल्टो किन र कसरी होला ? सरकारी तथ्यांकले प्रस्तुत गर्ने विभिन्न घाटाहरूले आफ्नो जिन्दगीका घाटाहरूतर्फ इंगित गरिरहेको जस्तो पनि लाग्छ । यता विभिन्न करहरूका दरहरू सम्झन्छु, आफ्नो पारिवारिक बजेट सम्झन्छु, बैंकलाई तिर्नुपर्ने विविध ईएमआई सम्झन्छु, अनि यी समाचारहरू मलाई नै ‘टर्चर’ गर्न लेखिएका हुन् कि भन्ने लाग्छ । तर जिन्दगीलाई अघि पनि बढाउनु नै छ । अनि आर्थिक पखाला लागे पनि सन्तुलन मिलाउँदै जिन्दगीको शंख फुक्दै हिँडि नै रहेको छु । फेरि कहिलेकाहीँ लाग्छ, यो बजेटीय संसार खुब बुद्धिमान् छ, चंख, चलाख छ, जो आफ्नो बजेट राम्रैसँग व्यवस्थापन गरिरहेकै छ । केवल म मात्र एक पटमूर्ख छु यो दुनियाँमा, जोसँग न बजेट व्यवस्थापनबारे केही ढंग छ, न त बजेट वा नाफासँग सम्बन्धित प्राविधिक शब्दहरूबारे नै केही ज्ञान छ । जस्तै, सरकार आयकर आयकर भन्छ । आयकरलाई सरकारले आफैले कमाएको आफ्नै आम्दानी ठान्छ । जनता भने आयकर भनेको सरकारी हाकिमहरू आए अनि केही दिनुको साटो बरु सित्तैमा जनताको रोकडा चैं लिएर गए भन्ने बुझ्छन् । आय भनेसि आउनुपर्ने हो, तर यहाँ त आफ्नो खल्तीबाट जान्छ । त्यस्तै अर्को शब्द छ, अन्तःशुल्क । यो नामले अन्तै अरूलाई लाग्नुपर्ने कर हो कि भन्ने देखिन्छ, तर उत्पादनहरू उत्पादन गर्नेलाई पो लाग्दो रहेछ र उनीहरूले पनि हामी उपभोक्ताबाट असुली गर्दा रहेछन् । मलाई सबैभन्दा अचम्म यो लाग्छ कि तथ्यांकहरूको जंगलमा सूचकांकहरू किन यति धेरै उछलकुद गर्छन् वा किन यति धेरै माथि उक्लने र तल झर्ने गरिरहन्छन् ? शेयर बजारको समाचार हेर्छु । बजार यतिले बढ्यो र उतिले बढ्यो भन्छन् । तर शेयर विज्ञहरू नेप्सेको सिस्टम नै गलत छ भन्छन् । अब कसको कुरा पत्याउने ? शेयर बजारमा किन एकैचोटि स्वाट्टै रातो र केही दिनमै फेरि हरियो रंग परिवर्तन भइरहन्छ ? यो कुरा मैले अहिलेसम्म बुझ्न सकेको छैन । कहिले बुलिश कहिले बियर मार्केट रे । आफू त फुलिस मार्केट मात्रै देख्छु । अझ आफूलाई त मदिरावाला बियर मार्केट मात्र थाहा छ, जो नेपालमा सधैं गुल्जार छ । यो सरकार आउनेबित्तिकै देशमा ७/८ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भन्थ्यो । तर न लगानी बढ्यो, न त उत्पादन गर्ने प्रविधिमा केही परिवर्तन । अनि वृद्धि चाहिँ कसरी हुने रछ ? तर बजेटको अर्धवार्षिक समीक्षामा पनि आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्छ भनेर ठोकुवा भयो । होइन, कुन जादू हो यो ? तथ्यांकमा जादू गरेर हो कि काममै जादू गरेर होला ? कि सरकारवालाहरूको मात्र आर्थिक वृद्धिदर दोहोरो तेहोरो अंकमा बढेको कुरा गरेको हो कि ? अर्को उदाहरण हेरौं है । देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ? यो तथ्यांक हो कि मिथ्यांक हो ? झूट तीन प्रकारका हुन्छ भन्छन् ‘झूट, सफेद झूठ र तथ्यांक’ । त्यसमध्ये के यो झूट मात्र हो ? कि यो सफेद झूट हो वा तथ्यांक हो ? जर्ज अर्वेलको प्रसिद्ध उपन्यास एनिमल फार्ममा त्यहाँ सरकारका एक मन्त्रीले हरेक वर्ष विभिन्न परिसूचकहरूमा थुप्रै कुरा राम्रो भयो वा बढ्यो भनेर बखान गर्छन् । जब कि सर्वसाधारण जनावरहरूको अनुभव भने ठ्याक्कै उल्टो । ठीक त्यसैगरी हाम्रो सरकारको बजेटमा पनि लगानी र खर्च बढेकै देखिन्छ । यसो हेर्दा सबै क्षेत्रमा बढेको वा प्रगति भएको पनि देखिन्छ । तर जनतालाई सोध्यो केही बढेको छैन भन्छन् । पोहोर परार भन्दा जनताको जीवन पनि झन् कष्टकर भएर गएको हुन्छ । महँगीले ढाडै सेकिसकेको हुन्छ । तर यो कष्टको कुरा कुनै तथ्यांकमा कतै आउँदैन । तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ । अहिले यहाँ पनि ठीक त्यस्तै स्थिति देखिन्छ । जस्तै, धानको उत्पादन बढ्या बढ्यै छ । यता १० वर्षअघि भन्दा धान आयात पनि बढेकै देखिन्छ । यता जनसंख्या चैं बढ्या देखिन्न । काहाँ गयो त बढी आएको त्यत्रो धान ? त्यस्तै, तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ अनि महँगी बढेको चाहिँ किन नदेखिएको होला ? मैले यो पनि बुझ्न सकिरहेको छैन कि यी तथ्यांकहरूलाई सरकारले यति धेरै उड्न लगाएर कुन चैं आकाश छुनलाई हो ? फेरि तल झर्दा वा झार्दा कुन चैं खाडलमा कसलाई हाल्नलाई भनेर हो ? यी तथ्यांकशास्त्रीहरू, सरकारी हाकिमहरू टन्न खाएर कुद्छन् कि भोको पेट हँ ? डनगिरी, गुण्डागर्दी त थाहा थियो, तर यो तथ्यांकगर्दी चैं थाहा थिएन र अहिले पनि थाहा पाउन सकिएन । त्यसैले अखवारहरू लेखिरहून् । टिभीहरू फुकिरहून् । तर यो सरकारी बजेट, सरकारले प्रयोग गर्ने प्राविधिक शब्दहरू र सूचकांहरू भने कहिल्यै बुझ्न नसक्ने भइयो बा ! सरकारले बेला बेलामा देखाइरहने विभिन्न तथ्यांकहरू के तपाईंले बुझ्नभा छ त ? कि म मात्र ह्याँ पटमूर्ख हो हँ ?

आमसञ्चार माध्यमको सहयोगले भूकम्पपछिको पुनःनिर्माण सफल

काठमाडौँ । आमसञ्चार माध्यमले भूकम्पपछिको पुनःनिर्माणलाई महत्वका साथ प्रचारप्रसार गरेकैले पुनःनिर्माणको छ वर्षे अवधिमा करिब ९० प्रतिशत प्रगति भएकामा जोड दिइएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा प्राप्त अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई हस्तान्तरण गर्न आयोजित सम्मेलनका क्रममा विज्ञले यस विषयमा जोड दिएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलनको पुनःनिर्माणमा सञ्चार माध्यमको भूमिका विषयक […]

आमसञ्चार माध्यमको सहयोगले भूकम्पपछिको पुनःनिर्माण सफल

काठमाडौँ, २३ मङ्सिर: आमसञ्चार माध्यमले भूकम्पपछिको पुनःनिर्माणलाई महत्वका साथ प्रचारप्रसार गरेकैले पुनःनिर्माणको छ वर्षे अवधिमा करिब ९० प्रतिशत प्रगति भएकामा जोड दिइएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा प्राप्त अनुभव र सिकाइ अन्तर्राष्ट्रिय समुदायलाई हस्तान्तरण गर्न आयोजित सम्मेलनका क्रममा विज्ञले यस विषयमा जोड दिएका हुन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलनको पुनःनिर्माणमा सञ्चार माध्यमको भूमिका विषयक […]

भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियोः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। भुकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए। उनले पुनर्निर्माणको […]

भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्नः अर्थमन्त्री शर्मा

काठमाडौं, २२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताएका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन उनले भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न […]