एचआईडिसीएलको योजना: राष्ट्र बैंकको नियमनमा जाने, शेयर दिएर अन्तर्राष्ट्रिय साझेदार ल्याउने

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराउने योजना अघि सारेको छ । कम्पनीको आज भएको साधारणसभा कम्पनीका अध्यक्ष देवेन्द्र कार्कीले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका विभिन्न रणनीतिक योजनाहरु बारे जानकारी दिएका छन् ।जस अनुसार कम्पनीले कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराई कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव र स्रोत साधन भित्राउन प्रयास गर्ने पनि उल्लेख रहेको छ।कम्पनीले आगामी रणनीतिक योजना तयार गरेको छ । नीजि तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत आयोजनाहरुमा शेयर तथा ऋण लगानी गरी आयोजनाहरुको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरण गर्ने तथा दीर्घकालीन लगानी गरी कम्पनीका शेयरधनीहरुको लाभ वृद्धि गर्ने उद्देश्य सहित कम्पनीले जलविद्युत आयोजनाहरुमा शेयर लगानीलाई प्राथमिकतामा राखी अघि बढ्ने योजना अनुसार सो रणनीतिक योजना तयार गरिएको कम्पनीले जनाएको छ ।अध्यक्ष कार्कीले कम्पनीको चार वर्षे रणनीतिक योजनाले देहाय बमोजिमको लक्ष्य लिएको बताए। (क) लगानी संरचनाः कुल लगानीमध्ये शेयर लगानीतर्फ न्यूनतम ४५ प्रतिशतदेखि र अधिकतम ६५ प्रतिशतसम्म र ऋण लगानीतर्फ न्यूनतम ३५ प्रतिशतदेखि अधिकतम ५५ प्रतिशतसम्मको लगानी संरचना (Portfolio) कायम गर्ने दीर्घकालीन लक्ष्य अनुरुप ऋण तथा लगानीको संरचना कायम गर्ने। (ख) लगानी प्रतिबद्धताः करिब ६५०० मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा करिब रु. १०० अर्ब बराबरको शेयर पूँजी र ऋण लगानीको लगानी प्रतिबद्धता रहने। (ग) लगानी प्रवाहः प्रतिबद्धता गरिएका आयोजनाहरुमा करिब रु. ३२ अर्ब ऋण र शेयर बापत लगानी रकम प्रवाह गर्ने। (घ) वित्तीय स्रोत परिचालनः शेयर पूँजी बापत रु. २२ अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १५ अर्बसहित कुल रु.३७ अर्ब वित्तीय स्रोतको परिचालन गर्ने। (ङ) तरलता व्यवस्थापनः परिचालन भएको वित्तीय स्रोतको न्यूनतम ९० प्रतिशत रकम विद्युत आयोजनाहरूमा लगानी प्रवाह गर्ने।कम्पनीको चार वर्षे रणनीतिक योजना अन्तर्गत देहायका रणनीतिक सुधार योजना एवं रणनीति अवलम्बन गर्ने योजना रहेको जनाएको छः(क) नेपाल राष्ट्र बैङ्कको पूर्ण नियमन र सुपरीवेक्षणमा रहने गरी कम्पनीको संरचनागत तथा संस्थागत रूपान्तरण र विकास गर्ने।(ख) कम्पनीको पूँजीमा पुनः संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराई कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव र स्रोत साधन भित्राउन प्रयास गर्ने।(ग) वित्तीय स्रोतको परिचालन तथा लगानीको विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र रणनीतिक साझेदारी कायम गरी नेपाल सरकारले प्राथमिकतामा राखेका आयोजनाहरुको वित्तीय व्यवस्थापन गर्ने प्रमुख वित्तीय व्यवस्थापकको रुपमा भूमिका निर्वाह गर्ने।(घ) सहायक कम्पनी मार्फत एवं रणनीतिक साझेदारीमा अघि बढाइएका आयोजनाहरुको विस्तृत अध्ययन सम्पन्न र लगानीको ढाँचा निर्धारण गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने।(ङ) बण्ड, डिवेञ्चर, सर्टिफिकेट अफ डिपोजिट आदि जस्ता वित्तीय उपकरण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ऋण तथा अनुदान प्राप्त गरी लगानी योग्य पूँजी अभिवृद्धि गर्ने।(च) शेयर लगानीकर्ताहरूको दीर्घकालीन प्रतिफल उच्चतम कायम गर्न आयोजनाहरुको शेयरमा हुने लगानीलाई प्राथमिकतामा राखी शेयर लगानी र ऋण लगानी बीच सन्तुलन कायम हुने गरी लगानी विस्तार गर्ने।(छ) कम्पनीको संस्थागत क्षमता अभिवृद्धि, संस्थागत सुशासन प्रवद्र्धन, सूचनामा आधारित व्यवस्थापन पद्धतिको विकास, मितव्ययी तथा परिणाममुखी कार्यसञ्चालन पद्धतिको विकास एवं संस्थागत सामाजिक उत्तरदायित्वको प्रवद्र्धनका माध्यमबाट कम्पनीको सार्वजनिक विश्वसनीयता अभिवृद्धि गर्ने।

सम्बन्धित सामग्री

राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा

नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) १४ वैशाख २०१३ मा स्थापना भएको हो । राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा हुन् । गभर्नरको कार्यअवधि पाँच वर्षको थियो । तर, उनले ४ वर्ष ८ महिना...

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं, साउन १ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दलीय सलंग्नता र शैक्षिक योग्यताका विषयहरूमा प्रश्न उठेपछि विद्यार्थी युवा संगठनहरू बालुवाटारस्थित राष्ट्र बैंकको गेट नम्बर ३ नम्बरमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन पुगेका थिए । उनीहरूको प्रदर्शनमा […]

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई केन्द्रीय बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गत वैशाखदेखि रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई नियुक्त गरिएको हो ।

राष्ट्र बैंकको बचाउ : एलसी बन्द गर्न कुनै निर्देशन दिएका छैनौं

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० […]

राष्ट्र बैंकको नोकरीमा किन हुन्छ आकर्षण ?

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो ।

अर्थसविच मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको शपथ लिएका छन्।उनले आज सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीबाट शपथ लिएका हुन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।सोही ऐनको दफा १०८ मा बैंकका गर्भनर र सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीस वा तोकिएको न्यायाधीससमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा छलफल पनि सकेको छ । साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको […]

राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरीवेक्षणमा भएपछि ढकाललाई आज चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष […]

राष्ट्र बैंकको प्रवक्तामा ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।  उनले मंगलवार (चैत १० गतेदेखि लागू हुनेगरी) जिम्मेवारी सम्हाल्नेछन् ।